भोलि बाट ,नाइ नभन्नु ल–३, हवल्दार सुन्तलीले र सेतो बाघ को भिडन्त

शुक्रबारदेखि अल नेपाल ३ चलचित्रले प्रदर्शन आरम्भ गर्ने भएका छन् । चलचित्र नाइ नभन्नु ल–३ का वितरक सुनिल मानन्धर हवल्दार सुन्तलीका वितरक गोपालकाजी कायस्थ, सेतो बाघका वितरक निर शाहले चलचित्र प्रदर्शन गर्ने सम्पूर्ण तयारी पुरा गरेको बताए । राजधानीको हकमा हवल्दार सुन्तलीले १३ पर्दा पाएको छ भने उपत्यका बाहिर ३२ पर्दा त्यसैगरी नाइ नभन्नु ल –३ ले राजधानीमा १२ पर्दा र उपत्यका बाहिर ३२ पर्दा पाएको छ भने सेतो बाघले राजधानीमा ९ पर्दा र उपत्यका बाहिर २२ पर्दा पाएको बताएका छन् । यी तिनै चलचित्रको खास लगानी सवा करोड भए पनि निर्माण कम्पनीको धक्कु अनुसार ३ करोड नाध्छ । नयाँ वर्षका दर्शकलाई मुख्य लक्षित गरेर एक वर्ष लगाएर तयार पारेका चलचित्रको निर्माण युनिट निकै उत्साहित भए पनि दर्शक भने खास जानकार छैनन् । किनभने चलचित्रको व्यापार जुवा जस्तै भएको हुनाले भोलि बजारमा जे सुकै पनि हुन सक्दछ । सोमबारको एक दिनको नयाँ वर्षको बिदालाई यहाँ निर्माताको भनाइ अनुसार ३ करोडको जुवा हानिँदैछ । यो ३ करोडको जुवामा नोक्सान मात्र नब्यहोर्न पनि ८ करोड ग्रसको टिकट सिनेमा हलको काउन्टरबाट कारोबार हुनुपर्दछ । अनि मात्र सबै खर्च कटाएर मुस्किलले निर्माताको लगानी सुरक्षित रहन्छ । यदि डबल पैसा मात्र मुनाफा गर्नको लागि १६ करोडको टिकट बिक्री हुनै पर्ने हुन्छ होइन भने तीन नै वटा चलचित्र व्यवसायिक मुनाफामा जाँदैन्न् बक्स अफिसको मापदण्ड अनुसार । १६ करोडको टिकट सहज रुपले त्यतिकै बिक्री हुँदैन त्यसको लागि सिनेमाले हलसम्म दर्शक तान्नको लागि दम राख्नुपर्छ । तीनै चलचित्रमा त्यस्तो विचित्रको दम नभएकोले नयाँ वर्ष यी ३ सिनेमा मुनाफामा जान मुस्किल नै देखिन्छ किनभने चलचित्रको मुख्य दम भनेका कर्णप्रिय गीत÷संगीत दर्शकको मन छुने कथा उच्च मेकिङ स्वस्थ मार्केटिङ् मुख्य भएकोले ३ नै चलचित्रमा अझैसम्म त्यस्तो जादु नदेखिएको चलचित्रकर्मीहरु बताउँछन् । नेपाल हो जे पनि हुन सक्छ भन्नेहरु पनि यहाँ धेरै छन् ।
रेशम फिलिलिको पत्रकार भेटघाटमा निर्माता निर्देशक दंग
वैशाख ११ गते अल नेपाल रिलिज गर्ने जानकारीका साथ नायक विनय श्रेष्ठ र वितरक माधव वाग्लेको लगानीमा तयार भएको रेशम फिलिलिले आज राजधानीको एक रेष्टुरेण्टमा आफ्नो पत्रकार भेटघाट सम्पन्न ग¥यो । पत्रकार भेटघाटमा निर्माता माधव वाग्ले नायक विनय श्रेष्ठ निर्देशक प्रनव जोशीले चलचित्रको बारेमा पत्रकारहरुलाई प्रकाश पार्नुभयो । चलचित्रको जालमा… गीतले विश्व बजारमै चर्चा बटुलेको छ भने चलचित्र फरक शैली र हाइट बनेको चलचित्र भएकोले व्यापारिक रुपमा सफलता पाउने कुरामा ढुक्क रहेको बतायो । चलचित्रको वितरण पप्कर्न पिच्चर्स प्रा.लि.ले ११ गते शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा ल्याउने बतायो ।

Post a Comment